हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी सल्यानले आफ्नो कम्पनीमा बिमा बनाई मृत्यु भएका परिवारका सदस्यलाई रकम हस्तान्तरण गरेको जनाएको छ ।

जसअनुसार बागचौर नगरपालिका वडा नम्बर ६ निवासी बिमित वीर बहादुर बस्नेतको नाम म जारी बिमा बापतको रकम उनको कम्पनीले मृतकको परिवारको सदस्यलाई भुक्तानी गरेको । बिमित वीर बहादुर बस्नेतले बिगत तीन बर्ष पहिले पाँच लाखको बिमा बनाएको र बिरामी भै उहाँको केही दिनअघि मृत्युु भएको थियो ।

कम्पनीले बिमा बापतको ५ लाख ५० हजार रकमको चेक मृतकका छोरा केशब बस्नेत,छोरीहरु पुस्पा बस्नेत र सुस्मिता बस्नेतलाई हस्तान्तरण गरेको प्राइम लाइफ इन्स्योरेन्स सल्यान श्रीनगर शाखा प्रमुख रमेश बुढाथोकीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार, ,  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्