हामी परिक्षण प्रसारणमा छौ

Banner

कार्तिक ६, २०७८ शनिबार

त्रिवेणीमा एकिकृत समाजवादीका वडा कमिटी अध्यक्ष एमालेमै रहने


सल्यान, ६ कार्तिक । सल्यानमा एकिकृत समाजवादीका एक जना वडा कमिटी अध्यक्ष नेकपा एमालेमै रहने बताएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ दाङचुली निवासी लोक बहादुर घर्तीले एक विज्ञप्ती मार्फत आफ्नो इच्छा विपरित समाजवादीले वडा कमिटीको अध्यक्ष बनाएको भन्दै आफु एमालेमै रहने बताएका हुन् ।

पार्टी विभाजनमा साथ नदिने भन्दै घर्तीले एमालेमै रहेर सक्रिय रहने बताएको एमाले त्रिवेणीका अध्यक्ष लोकेन्द्र खड्काले जानकारि दिए । यसैवीच त्रिवेणी गाउँपालिकामा नेकपपा एमालेको वडा अधिवेशनको तयारी पुरा भएको छ । पार्टीले ६ वटै वडामा अधिवेशन सम्पन्न गर्नका लागि कार्यविवभाजन समेत गरेको छ । दुई दर्जन बढी पार्टीका अगुवा नेता कार्यकर्तालाई अधिवेशन सम्पन्न गर्नका लागि जिम्मेवारी प्रदान गरिएको एमाले त्रिवेणीका अध्यक्ष खड्काले जनाए ।

प्रतिक्रिया दिनुहोस्