हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । लामो समयपछी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को स्वकीय सचिव परिवर्तन गरिएको छ । यसअघि प्रचण्डको स्वकीय सचिवमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य जोखबहादुर महरा (प्रताप) लाई जिम्मेवारी दिइएको थियो ।

तर पछिल्लो पार्टी निर्णय अनुसार जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिदै उहाँलाई लुम्बिनी प्रदेशमा पठाएकोले रिक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहनुभएका सल्यान निवासी युवा नेता रमेश मल्ललाई प्रचण्डको स्वकीय सचिवमा नियुक्त गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।

मल्ल यसअघि अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष रहदा उहाँलाई सालिन, भद्र र सक्षम नेताको रुपमा युवामाझ लोकप्रिय रहन सफल हुनुभएको थियो । मल्ल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँको सचिवालयमा बसेर काम गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार, ,  ३ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्