हामी परिक्षण प्रसारणमा छौ

नेकपा (माओवादी केन्द्र) ले अब ‘एक व्यक्ति, एक समिति’को नीति लागु गर्ने

अब हरेक पालिका कमिटीमा तीन उपाध्यक्षसहित सात पदाधिकारी रहने



काठमाडौं । शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले विधान संशोधन गरेर पार्टीमा अब ‘एक व्यक्ति, एक समिति’को नीति लागू गर्ने निर्णय गरेको छ ।

यो निर्णयअनुसार अब कुनै पनि व्यक्ति एउटा कमिटीमा मात्र बस्न पाउनेछन् । आज बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय कमिटीको पदाधिकारी संख्या समेत थप गरेको छ । अब पार्टीको हरेक पालिका कमिटीमा तीन उपाध्यक्षसहित सात पदाधिकारी रहनेछन् । यसअघि पालिकामा एक उपाध्यक्ष मात्र रहने व्यवस्था पार्टीको विधामा व्यवस्था थियो ।

यसअघि विधानमा स्पष्ट व्यवस्था नहुँदा केही केन्द्रीय सदस्यहरु प्रदेश कमिटीका अध्यक्ष लगायत अन्य पद सहित दोहोरो जिम्मेवारीमा रहेका थिए भने कोहीले उचित जिम्मेवारी समेत नपाएको अबस्थ थियो । यस्तो समस्या पार्टीमा माथिदेखि तल्लो कमिटीसम्म रहदा पार्टी चलायमान बन्न नसकेको भन्दै पार्टीमा यसबारे पटक पटक केन्द्रीय कमिटीमा बहस हुने गरेपनि ठोस निर्णय हुनसकेको थिएन ।

तर,पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रको यसपटकको एक व्यक्ति एक पदको व्यवस्थाले भोलिदेखि हुने वडा तहको सम्मेलनमा कार्यकर्तामाझ नयाँ सन्देश प्रवाह हुने र त्यसले सकारात्मक प्रभाव पार्ने माओवादी केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार, ,  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्