हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वडा सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका आम नेता कार्यकर्तालाई वडादेखि केन्द्रीय पदाधिकारीसम्मका लागि उम्मेदवारी दर्ता शुल्क तोकेको छ ।

नेकपा (माओवादी केन्द्र) को केहीदिन अघि बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले हाललाई वडा तहदेखि प्रदेश पदाधिकारीसम्मका लागि उम्मेदवारी दर्ता शुल्क तोकिएको लुम्बिनी प्रदेश निर्बाचन समिति संयोजक रामशरण चौधरीले सल्यानन्युजलाई जानकारी दिनुभयो । उहाँका अनुुसार वडा कमिटी सदस्यका लागि ५० रुपैयाँ, पदाधिकारीका लागि एक सय रुपैयाँ, पालिका कमिटी (गाउँ, नगर, महानगर) सदस्यका लागि तीन सय र पदाधिकारीका लागि पाँच सय रुपैयाँ दर्ता शुल्क पार्टीले तोकि दिएको छ । लुम्बिनी प्रदेश निर्बाचन समिति संयोजक चौधरीका अनुसार प्रदेश कमिटी सदस्यका लागि पार्टी केन्द्रले पाँच सय र पदाधिकारीका लागि एक हजार शुल्क निर्धारण गरीदिएको छ ।

नेकपा (माओवादी केन्द्र) ले यही मंसिर ४ गते देशभरका वडा सम्मेलन, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलनको मिति यसअघि नै सार्बजनिक गरिसकेको छ । माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा गर्ने भनिए पनि उम्मेदवारी शुल्क भने तोकेको छैन ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार, ,  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्