हामी परिक्षण प्रसारणमा छौ

माओवादी केन्द्र बागचौर १२ का ५ वटै टोलमा कमिटि गठन

१५ वटा सेल कमिटिमा झण्डै २ सय भन्दा बढी कार्यकर्ता संगठित



सल्यान,बागचौर । माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. १२ ले ५ वटै टोलमा कमिटि गठन गरेको छ ।

वडाका १ नम्बर टोल पानीढलमा खिमलाल वलीको अध्यक्षतामा १५ सदस्यीय,टोल नम्बर २ दहरखोलामा पदम बहादुर वलीको अध्यक्षतामा १५ सदस्यीय टोल भेला सम्पन्न गरेको छ । त्यसगरी टोल नम्बर ३ देउपुरीडाँडामा महेन्द्र वलीको अध्यक्षतामा १९ सदस्यीय,टोल नम्बर ४ बगरबजारमा खड्क बहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटि र टोल नम्बर ५ ओख्रेनीमा पहल बहादुर विकको अध्यक्षतामा ११ सदस्यीय टोल भेला सम्पन्न गरेको छ ।


बागचौर १२ मा ५ वटै टोलमा कमिटि गठन गर्नुका साथै सबै टोलमा थप १५ वटा सेल कमिटि समेत गठन गरेर २ सय भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा संगठीत गरेको वडा पार्टीका अध्यक्ष दीपक वलीले सल्यानन्युजलाई जानकारी दिनुभयो । वडा अध्यक्ष दीपक वलीको अध्यक्षता,पार्टीका प्रदेश कमिटि सदस्य रत्नबहादुर वली(तुफान),माओवादी केन्द्र सल्यानका पुराना नेता धनबहादुर वली(सौरभ),जिल्ला कमिटि सदस्यहरु सेतिराम वली(दिनेश),कमला वली,नगर कमटि सदस्य चित्रबहादुर वली (संघर्ष) लगायत पार्टी नेताहरुको आतिथ्यतामा वडाका टोल कमिटिका भेलाहरु सर्बसम्मत रुपमा सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) बागचौर-१२ ,का वडा पार्टीका कार्यसमिति सदस्य नोखीराम केसीले जानकारी दिनुभयो ।

त्यस अवसरमा नेताहरुले मंसिर ४ गते हुने वडा अधिवेशनको तयारी तीब्र पार्न निर्देशन दिनुभएको थियो ।
उम्मेदवारी दर्ता शुल्क कस्को कति ?

नेकपा (माओवादी केन्द्र) ले वडा सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका आम नेता कार्यकर्तालाई वडादेखि केन्द्रीय पदाधिकारीसम्मका लागि उम्मेदवारी दर्ता शुल्क तोकेको छ ।

नेकपा (माओवादी केन्द्र) को केहीदिन अघि बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले हाललाई वडा तहदेखि प्रदेश पदाधिकारीसम्मका लागि उम्मेदवारी दर्ता शुल्क तोकिएको लुम्बिनी प्रदेश निर्बाचन समिति संयोजक रामशरण चौधरीले सल्यानन्युजलाई जानकारी दिनुभयो । उहाँका अनुुसार वडा कमिटी सदस्यका लागि ५० रुपैयाँ, पदाधिकारीका लागि एक सय रुपैयाँ, पालिका कमिटी (गाउँ, नगर, महानगर) सदस्यका लागि तीन सय र पदाधिकारीका लागि पाँच सय रुपैयाँ दर्ता शुल्क पार्टीले तोकि दिएको छ ।

लुम्बिनी प्रदेश निर्बाचन समिति संयोजक चौधरीका अनुसार प्रदेश कमिटी सदस्यका लागि पार्टी केन्द्रले पाँच सय र पदाधिकारीका लागि एक हजार शुल्क निर्धारण गरीदिएको छ ।नेकपा (माओवादी केन्द्र) ले यही मंसिर ४ गते देशभरका वडा सम्मेलन, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलनको मिति यसअघि नै सार्बजनिक गरिसकेको छ । माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा गर्ने भनिए पनि उम्मेदवारी शुल्क भने तोकेको छैन ।

 

 

 

 

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार, ,  १२ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्