हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले शैक्षिकसत्र २०७८/७९ मा कक्षा–११ को रजिष्ट्रेसन फाराम खुलाएको छ । यसअघि नै भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यही आउँदो पुस २१ गतेसम्म एसईई ग्रेडसिटको प्रतिलिपिसहित फाराम बुझाउने मिति तोकेको छ । जसअनुसार प्रतिफारम ४०० रुपैयाँ शुल्क बोर्डले तोकेको छ । बोर्डका अनुसार विद्यालयहरूले आउँदो माघ ७ गतेभित्रमा रजिष्ट्रेसन फाराम बोर्डको कार्यालयमा बुझाइसक्नुपर्नेछ । तोकिएको समयमा फाराम नबुझाए पुस मसान्तसम्म दोब्बर शुल्क तिरेर विद्यार्थीहरुले रजिष्ट्रेसन फाराम भर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार, ,  ३ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्