हामी परिक्षण प्रसारणमा छौ

कपुरकोटमा गरियो १५ शैयाको अस्पताल शिलान्यास

अस्पताल दुई वर्षभित्र बन्छ : भिमबहादुर सेन



कपुरकोट । सल्यानको कपुरकोट गाउँपालिकामा सोमबार नागरिकलाई गुणस्तरीय र आधारभुत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य सहित संघीय सरकारको योजना र डिजाइनमा अनुरुप निर्माण हुने १५ सैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्यास गर्दै दुई वर्ष भित्र अस्पताल निर्माण सम्पन्न गर्ने जानकारी दिए ।
सरकारी स्वामित्व रहेको कपुरकोट‐३, स्थित पाखापानी सामुदायीक वन समुह नजिकैको जमिनमा अस्पताल निर्माण हुने गाउँपालिकाले जनाएको छ । अस्पतालको शिलान्यास गर्दै अध्यक्ष सेनले भने,‘आगामी दुई वर्ष भित्र नै अस्पताल निर्माण भइसक्ने गरी काम अगाडी बढाइएको छ । गाउँमै १५ सैयाको अस्पताल निर्माण गर्ने सरकारको यो निर्णयले सल्यान त्यसमा पनि कपुरकोटवासीमा यसले थप खुशी बनाउँनेछ ।’

कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले पालिकामा निर्माण हुने अस्पतालबाट आधारभूत उपचार संगै स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा उपलब्ध हुने विश्वास ब्यक्त सरकारका यस किसिमका विकासका कामले स्थानीय सरकारप्रति जनताको जनविश्वास बढ्ने जनाए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर राना, ३ का अध्यक्ष मिन बहादुर सेन, ४ का अध्यक्ष हरिलाल पुन, ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी कपुरकोटका अध्यक्ष घनश्याम शर्मा, नेपाली कांग्रेस कपुरकोटका प्रतिनिधी भुप बहादुर यरी लगाएतले शुभकामना मन्तव्य राख्दै गाउँमै अस्पताल निर्माण कार्यको सुरुवातसंगै स्थानीय नागरिकहरुले अब चाँडै गुणस्तरिय स्वास्थ्य सेवा पाउने विश्वास ब्यक्त गरेका थिए ।

गाउँपालिका अन्र्तगत विभिन्न विषयगत शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मी, स्थानीय नागरिकको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण कपुरकोट गाउँपालिकाका प्रेस संयोजक शंकर केसीले गरेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्