हामी परिक्षण प्रसारणमा छौ



सल्यान । पुष्पलाल स्मृति प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा बसन्त कुमार बिक चयन हुनुभएको छ ।

सुर्खेतको बिरेन्द्र नगरमा सम्पन्न भेलाले सुर्खेत निवासी बसन्त कुमार विकलाई प्रदेश कार्य समितीको अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा धर्म वहादुर शाही (मुगु), उपाध्यक्ष मायाराम अधिकारी (दैलेख), महासचिव रमेशकुमार गौतम (सल्यान), सचिव सुरज परियार (रूकुम पश्चिम), कोषाध्यक्ष विमला थापा (सुर्खेत) चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा गणेश वहादुर शाही (डोल्पा), आदिप्रशाद न्यौपाने (जुम्ला), छक्क वहादुर धरला (डोल्पा), कमान खडका (जाजरकोट), रविन्द्र वहादुर शाही (कालिकोट) देउकली थापा मगर (सुर्खेत) र पवित्रा देवकोटा (हुम्ला) रहनुभएको छ । यस्तै चन्द्र वहादुर शाही, देवी ओली र शिव प्रशाद उपाध्याय सल्लाहकार समितिमा चयन हुनुभएको छ ।

यसैगरी पुष्पलाल स्मृति प्रतिष्ठानको पहिलो वैठकले माघ पहिलो साता सम्म प्रदेशका दश वटै जिल्लामा जिल्ला समिति निर्माण गर्ने, वैक खाता खोल्ने लगाएतका महत्वपूर्ण निर्णयहरू गरेको प्रतिष्ठानका नवनिर्वाचित महासचिव रमेशकुमार गौतमले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार, ,  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्