हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्