हामी परिक्षण प्रसारणमा छौ



२७ पुस,सल्यान । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल सल्यानको ६ औं जिल्ला अधिवेशनले अध्यक्षमा प्रकाश भण्डारी सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मंगलबार सल्यानको कपुरकोटमा भएको ६ औं जिल्ला अधिवेशनले प्रकाश भण्डारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । भेलाले चौतारीको उपाध्यक्षमा झक्कु प्रशाद शर्मा, महिला उपाध्यक्षमा शिवा डाँगी,सचिवमा भुम प्रकाश भण्डारी,सहसचिवमा नोखिराम थापा र सुधीर पुनलाई चयन गरेको छ भने कोषाध्यक्षमा सन्ध्या महतरा चयन हुनुभको छ । अधिवेशनले २१ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।

 

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार, ,  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्