हामी परिक्षण प्रसारणमा छौ



जब म माननीय चुनिएँ
मलाई अमेरिका प्यारो लाग्यो
जब म माननीय मुक्त भएँ
फेरि मलाई नेपाल प्यारो लाग्यो

उहिले मलाई माननीय भन्दा
अमेरिका प्यारो लाग्यो
अहिले भने मलाई किन किन
अमेरिका भन्दा माननीय नै
प्यारो प्यारो लागिरहेको छ ।

यो मन पनि अचम्मको छ
कहिले माननीय प्यारो लाग्छ
कहिले अमेरिका प्यारो लाग्छ
कहिले दाम त कहिले नाम प्यारो लाग्छ

प्रिय जनता !!!
मलाई फेरि एकचोटि माननीय हुन चाहान्छु
घर घरमा धाराहरु ल्याउँछु,बिजुली ल्याउछु
स्कुलहरुमा कम्प्युटरहरु ल्याउँछु
स्वास्थ्य चौकीहरुमा अक्सिजन प्लान्ट रोप्छु

म जसरी पनि माननीय हुनु छ
समाजसेवी हुनु छ,नाम कमाउनु छ
दाम खर्चेर बदनाम हटाउँनुछ
मलाई सबै मिली माननीय बनाउनुछ

आशा छ,
यसचोटि म फेरि माननीय बन्नेछु
पैसाको चिन्ता नगर्नु सबैलाई जागिर दिनेछु
कार्यकर्तालाई भटभटे हुनेछ,
दिदी बहिनीहरुलाई मीठो चटपटे हुनेछ

सबैलाई सबै हुनेछ
मलाई फेरि माननीय सम्माननीय हुनेछ
म फेरि अमेरिका जाने छैन
म फेरि अमेरिका लुक्ने छैन ।।

किनभने ,
मैले गणतन्त्र उल्टाउनुछ,
छिटोभन्दा छिटो राजतन्त्र फर्काउनुछ
हिन्दुराज्य बनाउनुछ,
संघीयता खारेज गर्नुछ ।।
धन्यवाद !!!

-गिरी (अखिल क्रान्तिकारी) सल्यानका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार, ,  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्