हामी परिक्षण प्रसारणमा छौ



 

तनहुँ । शुक्रबार साँझ तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार साँझ बन्दीपुर गाउँपाकिलाको धरमपानीमा ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए अनुसार हालसम्म मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको सनाखत भैसकेको छ ।

जीप सडकबाट झण्डै १०० मिटर तल खसेको थियो । हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको तनहुँ प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते हुनुभएको छ भने घाइतेहरु अहिले खतरामुक्त रहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार, ,  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्