हामी परिक्षण प्रसारणमा छौ

कुमाखमा १५ शैयाको अस्पताल शिलान्याससँगै कोभिड अस्पतालको उद्घाटन

शहिदको बलिदान र जनताको योगदानका कारण मात्रै सम्भव :बस्नेत



कुमाख । संघीय सरकारको योजना अनुसार कुमाख गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिकामा ५शैयाको कोभिड अस्पतालको उद्घाटन गरिएको छ ।

१५ शैयाको अस्पतालको शिलान्यास तथा ५ शैयाको कोभिड अस्पतालको उद्घाटन संघीय सांसद टेक बहादुर बस्नेतले गरेका हुन । उनले अहिलेको परिवर्तन शहिदको बलिदान र जनताको योगदानका कारण मात्रै सम्भव भएको भन्दै अहिलेका सबै उपलब्धीहरु संस्थागत गर्नुपर्ने समय आएको बताए ।

 


मान्छेका आधारभुत आवश्यकता बढेको भन्दै पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले जनताको निम्ति बनेको सरकारले संचार, स्वास्थ्य, शिक्षा, विद्युतको क्षेत्रमा धेरै विकास गरेको बताए । वडा नम्बर ४ को सेराडाँडामा भएको कार्यक्रममा उनले जनताको लगानी अनुसार अहिलेका परिवर्तन सम्भव भएकाले यसको संस्थागत गर्न लाग्नुपर्ने बताए ।
अनमी, अहेवबाट स्वास्थ्य सेवा लिन नपाएकाहरु अहिले एमविविएस डाक्टरबाट सेवा लिनु भनेको संघीयताको राम्रो उपलब्धी भन्दै यसलाई सहिदको बलिदानको उपलब्धीसँग जोड्नुपर्ने उनको भनाइ थियो । अस्पताल निर्माण भइसेपश्चात सेवा संगै रकम र समयको पनि बचत हुने भन्दै उनले अवका दिनमा आधारभुत आवश्यकतालाई समाजवादसँग जोड्नुपर्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारले कुमाखको निम्ती सधै अग्रभागमा रहेर काम गरेको भन्दै कर्णाली सरकारले गरेका कामबारे जानकारी दिए ।
कार्यक्रममा संविधान सभा सदस्य उमाकान्त शर्मा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्मा, नेकपाका युवा नेता रमेश मल्ल, जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी, नेकपा कुमाख गाउँपालिका अध्यक्ष चन्द्र बहादुर राना, सचिव भैरव शाह, युवा नेता गणेश शाही लगायतले सम्बोधन गर्दै कुमाखको मात्र नभै समग्र सल्यानको विकासका निम्ति सबै लाग्नुपर्ने बताएका थिए ।

गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष डिल्लीराज जैशीले सहभागिलाई स्वागत मन्तब्यद्धारा स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण निमित्त प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्