हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाली काँग्रेस सल्यानका महाधिबेशन प्रतिनिधि एवम् उद्योग व्यापार संघका केन्द्रीय सदस्य दीपेन्द्र कुमार खत्रीले आफ्नो ५० औं जन्मदिनको अबसरमा सल्यान अस्पताललाई खानेपानीका लागि ‘हिल ट्यांकी’ दिएका छन् ।

अस्पताल आएका बिरामी र कर्मचारीलाई मध्यनजर गर्दै खानेपानीको सुबिधा होस् भन्ने उद्देश्यले नै आफुले अस्पताललाई सहयोग गरेको खत्रीले सल्यानन्युजलाई जानकारी दिए ।

खत्रीले सौजन्य गरेको ‘हिल ट्यांकी’ मंगलबार काँग्रेसका जिल्ला सचिव प्रकाश भण्डारी लगाएतको टिमले अस्पतालाई हस्तान्तरण गरेका छन् । अस्पताललाई सहयोग गर्ने खत्री सल्यान बागचौर नगरपालिका ‐ १२,बाँफुखोलाका स्थायी बासी हुन् भने हाल उनी काठमाडौंमा बसोबास गर्छन् ।

खत्री तुलसीपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष निर्बाचित भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार, ,  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्