हामी परिक्षण प्रसारणमा छौ



सल्यान । योङ्ग कम्युनिष्ट लिङ्ग (वाइसीएल) नेपाल बनगाड कुपिण्डे नगरपालिका पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलको  मंगलबार बसेको पहिलो विस्तारित बैठकले ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा लक्ष्मण विसि, उपाध्यक्ष इन्द्र प्रकाश वली, डिलबहादुर बुढा, दिपक पुन ,सचिव गोविन्द सुनार, सह सचिव रोहित शाह, प्रेम बिक, यादव परियार, पदमबहादुर थापा र कोषाध्यक्षमा सुजन सुनार रहनु भएको छ । 
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष कर्ण बहादुर बुढाथोकीको प्रमुख अतिथिमा बैठक सम्पन्न भएको हो ।  बैठकमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले युवाहरू भनेको देशको मेरुदण्ड तथा भविस्यका देशका लागि आवश्यक पर्ने व्यक्ति भएको बताउनु भयो ।  युवा भनेको काचो माटो भएकोले अहिले देखि नै आफ्नो भविस्य सङ्गै देशको भविस्यको बारेमा सोच्नु पर्ने बताउनु भयो।

वाइसीएलले अब आउँदो चुनाव आफ्नो पार्टीलाई जिताउन महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताउनु भयो । प्रदेश कमिटी सदस्य धनबहादुर पुन, नगर अध्यक्ष किर्ती बहादुर राना लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार, ,  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्