काठमाडौँ । नेपाल आयल निगमले बुधबार रातिबाट लागुहुनेगरि फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार निगम सञ्चालक समितिको बसेको बैठकले मध्यरातबाट लागुहुनेगरि इन्धनको मुल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
निगमले तोकेको नयाँ मूल्य सूचीअनुसार अब एक लिटर पेट्रोलको १५५ रुपैयाँ तोकिएको छ भने मट्टीतेल र डिजेलको १३८ रुपैयाँ पर्ने भएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने पहिलेकै यथावत राखिएको छ ।
हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँगै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ।
तर,हवाई इन्धनमा निगमलाई नाफा भएपनि अहिले पनि पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा र एलपि ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा भैरहेको निगमको दाबी छ।