हामी परिक्षण प्रसारणमा छौ

ढाकाडाम महिला साना किसान सहकारीको बर्षको आम्दानी साढे ७ लाख !

दैनिक १०० घरधुरीबाट ५०० लिटर दुध संकलन गरी बिक्रि



सल्यान । दार्मा गाउँपालिका वडा नम्बर‐५,त्रिवेणी सल्यानमा रहेको ढाकाडाम महिला साना किसान सहकारी संस्थाले एक बर्षमा झण्डै साढे ७ लाख भन्दा बढि आम्दानी गरेको उक्त संस्थाले जनाएको छ ।

दार्मा गाउँपालिका वडा नम्बर‐५, त्रिवेणीमा केन्द्रीय कार्यालय रहेको सहकारीले गत आर्थिक बर्षमा साढे ७ लाख रूपैयाँ खुद बचत गरेको संस्थाका अध्यक्ष सिता कुमारी विकले सल्यानन्युजलाई जानकारी दिएकी छन् । महिला साना किसान सहकारी सहकारीको सिद्दान्त अनुसार चलेकोले हरेक वर्ष उत्साह जनक नाफा गर्न सफल भएको संस्थाका अध्यक्ष विकको भनाई छ । सल्यानन्युजसँग उनले भनिन्,‘ हामीले सबै शेयर सदस्यको भावना अनुसार कार्य गरेकैले अहिलसम्म सबै शेयर सदस्यको मन जित्न सफल भएका छौं ।’

 

साना किसानको कुल पुँजी – ( ३ करोड भन्दा माथि )

महिला साना किसान सहकारीका प्रबन्धक सुरेन्द्र प्रकाश केसीका अनुसार हालसम्म संस्थाको कुल पुजी झण्डै साढे ३ करोड रहेको प्रबन्धक केसीले जानकारी दिनुभयो । प्रवन्धक केसीका अनुसार सहकारिमा ४४० जना शेयर सदस्य रहेका छन् भने विभिन्न १३९ समुह यसमा आबद्ध रहेका छन् । सहकारीले हाल त्यस क्षेत्रका झण्डै १०० घर धुरीबाट दुध संकलन गरी विक्रि वितरण गरिरहेको छ ।

यसले स्थानीयले उत्पादन गरेका चिजविच त्यत्तिकै खेर जाने अबस्थाको अन्त्य भएको पनि सहकारीको दाबी छ । सबै शेयर सदस्यहरुलाई व्यवसायीक बनाउने संस्थाको मुख्य उद्देश्य रहेको पनि प्रवन्ध केसीले सल्यानन्युजलाई जनाए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार, ,  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्