हामी परिक्षण प्रसारणमा छौ

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

दुई वर्षमा उचाइ मापन सम्पन्न, १३ करोड खर्च



काठमाडौं । सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरिएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरे अनुसार सगरमाथाको नयाँ उचाइ यसअघि भन्दा ८६ सेन्टिमिटर बढेको छ । उचाइ बढेसँगै सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ ।

नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको नयाँ उचाइ मापन गरेर सार्वजनिक गर्न सफल भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको नयाँ उचाइ मापन गरेको सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेका हुन् ।

१३ करोड खर्च

नापी विभागले दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विभागका अनुसार सगरमाथाको नयाँ उचाइ मापन गर्न झण्डै १३ करोड खर्च भएको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा यसबारे बहस सुरु भएपछि नेपाल सरकारले यसप्रति चासो राख्दै झण्डै २ वर्ष लगाएर आफ्नै स्रोत साधनमा सगरमाथाको नयाँ उचाइ मापन गरेको हो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार, ,  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्