हामी परिक्षण प्रसारणमा छौ



सल्यान । रोजगारको शिलशिलामा मलेसियाको एक कम्पनिमा कार्यरत सल्यानका एक युवाको गाडीले ठक्कर दिदा ज्यान गएको छ ।

उक्त सवारी दुर्घटनामा परि सल्यान बागचौर नगरपालिका वडा नम्बर ‐७,कोटबारा सानापोखरा निवासी अन्दाजी २७ वर्षका ज्ञान बहादुर खड्काको मृत्यु भएको हो ।

खड्कालाई आइतबार साँझ मलेसिया स्थित बातुकेभ भन्ने ठाउँमा गाडीले ठक्कर दिँदा उनको ज्यान गएको उनका साथीहरुले जनाएका छन् ।

उनका साथिहरुका अनुसार उनको शव अहिले अस्पतालमा राखिएको छ भने कम्पनीले कानुनी कागज प्रक्रिया मिलाउदै गरेको र चाँडै सब ब्यवस्थापन गर्ने मृतक कार्यरत कम्पनिको तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार, ,  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्