सल्यान । नेकपा (माओवादी केन्द्र) ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी सल्यानको छत्रेस्वरीबाट गाउँपालिका अध्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ ।
पार्टीले पालिका अध्यक्षमा चित्र वहादुर केसी, हिमाल यात्री, प्रेम लाल घर्ती र गिताञ्जली भण्डारीलाई सिफारिस गरेको पालिका सचीव हिमाल यात्रीले सल्यानन्युज लाई जानकारी दिनुभयो ।
यात्रीका अनुसार माओवादी केन्द्रले छ्त्रेस्वरि गाउँपालिका उपाध्यक्षमा प्रेम वहादुर खडका, राधा कुमारि शर्मा र प्रतिभा वलीलाई सिफारिस गरेको छ ।
पालिका भित्रका वडाअध्यक्षको उम्मेदवारीको अन्तिम टुंगो शनिबार बेलुका सम्म टुंगो लगाउने गरि तीब्र रुपमा काम अगाडी बढाइएको गाउँ कमिटीले जनाएको छ।