हामी परिक्षण प्रसारणमा छौ



सल्यान,१८ बैशाख । सल्यान बागचौरमा गठबन्धको चुनावी रौनक दिनप्रतिदिन बढदै गएको छ । आइतबार बागचौरको विभिन्न वडाहरुमा मेयर पदका उम्मेदवार कृति बहादुर पुन, उपमेयर पदका उम्मेदवार सुम्निमा डिसि लगायत गठबन्धनका नेताहरूले चुनावी अभियानलाई सम्बोधन गर्नुभएको छ । यसैबीच आज बागचौर नगरपालिका-४ पेदिखोलामा भएको चुनावीसभामा गठबन्धनका उम्मेदवारहरुलाई वडावासीले भव्य स्वागत गरेका छन् ।

बागचौर गरपालिका वडा नंं. ४ को पेदिखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार कृति बहादुर पुनले माओवादीका एजेन्डा जोगाउन र एमालेको प्रतिगमन तथा अराजक शैलीका कारण आफ्नो पार्टी सल्यानमा बलियो हुँदा पनि गठबन्धन गर्न बाध्य भएको बताउनुभयो । बागचौरका १२ वटै वडा र आम नेपाली जनताले एमालेको असली चर्तीकला बुझिसकेको बताउँदै उहाँले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी हुनेमा आफु ढुक्क रहेको बताउनुभयो । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य, सल्यानका जिल्ला संयोजक तथा बागचौर नगर प्रमुखका उम्मेदवार स्मेत रहनुभएका कृति बहादुर पुनले सिङ्गो बागचौरमा हेर्न र गर्ब गर्न लाएक विकास तथा समृद्धिका निम्ति पनि गठबन्धनको आबस्यकता रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप-प्रमुख पदका उम्मेदवार सुम्निमा डिसिले बागचौर नगरका १२ वटै वडाका सडक स्तरवृद्धि तथा कालोपत्रे गर्ने , हरेक वडाका नागरिकलाई सर्बसुलभ स्वास्थ्य, शिक्षा, सिचाईको पहुँचमा सबैलाई समेट्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै समग्र बागचौर नगरको विकास,शुसासनका लागी आफ्नो सिङ्गो प्यानललाई नै अत्यधिक बहुमतले विजयी गराउन अपिल गर्नुभएको थियो ।

माओवादी केन्द्र बागचौर -४ का वडा अध्यक्ष डिल्लीराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा ,रत्न बहादुर वली, वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण बहादुर बस्नेत लगायतले समग्र बागचौरको विकास र समृद्धिको लागी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

एकीकृत समाजबादिका नेता मानबहादुर वलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण हरि प्रकाश पुन (एच पि) ले गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार, ,  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्