हामी परिक्षण प्रसारणमा छौ

नायिका स्वस्तिमा खड्का ‘चिसो मान्छे’ मा अनुवन्धित

निश्चल बस्नेतको चलचित्र ‘जिन्दाबाद’मा काम गर्ने तयारी



काठमाडौं । पछिल्लो समय चर्चित रहेकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’ मा अनुवन्धित भएकी छिन् । अनुबन्धित भएसँगै चलचित्रर्की तथा निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच गत बुधबार सहमति पत्रमा साइन भएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्र सरकारले छायांकनको अनुमति दिने बित्तिकै सुटिङमा जाने तयारी गरेको छ । पहिले हल्ला चले पनि चलचित्रको निर्माणपक्षले गत बुधबारमात्र स्वस्तिमासँग फिल्ममा अनुबन्धसँग सम्बन्धित पत्रमा लिखित संझौता गरेको जनाएको छ ।

निर्मात्री पाण्डेका अनुसार यस फिल्मले मानिसहरुमा पछिल्लो समय देखिएको नैराश्यताको कथालाई समेट्नेछ । यस फिल्ममा नायिका खड्काले केही महंगो पारीश्रमिक लिएको दाबी गरिए पनि निर्माण पक्षले यसबारे केही खुलाउन चाहेको छैन । यस फिल्म सँगै स्वस्तीमाले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘जिन्दाबाद’मा समेत अभिनय गर्नेछिन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्