सल्यान २४, बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । आफ्ना एजेण्डाहरु पेश गर्दै उनीहरु घरदैलोमा व्यस्त बनेका हुन् ।
यसैक्रममा सल्यानको शारदा नगरपालिकामा संयुक्त गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार प्रमोद श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार बनेका रमेश गौतम पालिकाभित्रका मतदातासँग उहाँकै घर घर गएर भोट मागिरहनुभएको छ ।
उहाँहरु सँगै वडाध्यक्षको टोली समेत प्रतिबद्धता पत्र लिएर घर–घरमा पुगेर मतदातासँग गठबन्धनको पक्षमा भोट मागिरहेका छन् ।उम्मेदवारहरु दलबलसहित आफ्नो क्षेत्रका नागरिकहरुसँग आफ्ना योजना सुनाउँदै भोट मागिरहेका देख्न सकिन्छ।
Error generating audio.