हामी परिक्षण प्रसारणमा छौ



२४ बैशाख,बागचौर । यहीँ बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै देशभर ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस मध्य सल्यान जिल्लाबाट एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार यहीँ वैशाख ११ र १२ गते दुई दिन सल्यान जिल्लाका १० वटा स्थानीय तह र ८३ वडामा परेको उम्मेदवारी मध्येबाट बागचौर नगरपालिका वडा नम्बर-९,नेकपा (माओवादी केन्द्र)बाट दलित महिला सदस्य उम्मेदवार रहुनुभएकी लक्ष्मी परियार निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार सल्यान जिल्लाबाट १ जना मात्र,त्यसमा पनि दलित महिला सदस्य मात्र निर्विरोध निर्वाचित हुनुभएको हो । यससंगै माओवादी केन्द्र सल्यानले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पहिलो खाता खोल्न सफल भएको छ।

बागचौर-९ बाट वडा सदस्यमा निर्बिरोध निर्बाचित लक्ष्मी परियार

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार, ,  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्