हामी परिक्षण प्रसारणमा छौ



२५ बैशाख,सल्यान । यहीँ बैशाख ३० गते को स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला भित्रका महिलाहरुको सहभागितामा शनिबार सल्यान सदरमुकाम खलंगामा निर्वाचन आचारसंहितामा तथा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कर्यालय सल्यान अधिकृत निमराज भट्टराईले निर्वाचन आचार संहिता बारे प्रष्ट पार्नुभएको थियो । निर्वाचनको समयमा निर्वाचन आचारसंहितामा बिपरित कहिँ कतै त्यस्तो नियम बिपरित कार्य नगर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको समेत उहाँले बताउनुभयो । यसैगरी नमुना मतदानमा जम्मा २५ जनाको सहभागिता रहेको थियो । जम्मा १५ मत सदर भयो भने १० मत बदर भएकाे थियाे ।

UNDP, ESP / UN–WOMEN को सहयोग र बास नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो,भने उक्त कार्यक्रममा ३६ जनाको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार, ,  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्