हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । पेशाले किन्डर गार्डेनकी शिक्षिका नम्रता श्रेष्ठलाई मिस नेपालको छनौट चरणको अन्तिमतिर सोधियो, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ? उनको उत्तर यस्तो थियो ‐ ‘नेपाली महिलालाई सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन्’ यही तार्किक जबाफले नै मिस नेपाल–२०२० को उपाधि (मुकुट) शिरमा सजाउन सफल भइन नम्रता श्रेष्ठ ।

फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् ।
समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि एउटा गाडीसमेत पाएकी छन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने छिन् ।

यस वर्षको प्रतियोगितामा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस सुपरनेशनल सिमल कनौजियाले जितेका हुन् । उनीहरु तीनै जनाले जनही २ लाख ५० हजार प्राप्त गरेको आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।

आयोजक हिडन ट्रेजरले नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

तस्बिर स्रोत : नम्रता श्रेष्ठको फेसबुक

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार, ,  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्