हामी परिक्षण प्रसारणमा छौ



बाँफुखोला,२६ वैशाख / यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बागचौर नगरपालिका वडा नंं १२ लाई समृद्ध वडा बनाउने भन्दै माओवादी केन्द्रबाट  वडाध्यक्ष उम्मेदवार बन्नुभएका सेते वली (दिनेश) ले केहि  प्रतिबद्धताको घोषणा गर्नुभएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका जिल्ला समन्वय समिति सल्यानका सदस्य समेत रहनुभएका सेते वली सहित उहाँका प्यानलबाट महिला सदस्यका उम्मेदवार भावना खड्का वली,दलित महिला सदस्य हिरा रसाइली,सदस्य दीपेन्द्र कुमार वली र प्रेम प्रकाश खत्रीले संयुक्त रुपमा आफ्ना प्रतिबद्धता घोषणा गरेका छन् ।

घोषणा गरेको प्रतिबद्धतामा वडाका हरेक ब्यक्तीको घरमा सुद्ध पिउने पानीको व्यबस्थापन गर्ने, सिंचाइकोलागि पक्की नाला निर्माण गर्ने, युवालाई खेल क्षेत्रमा प्रोत्साह गर्नकालागि खेद मैदान निर्माण तथा खेल सामग्री सहयोग गर्ने,वडाको कला संस्कृतिको पहिचान गर्ने,युवा–युवति, बालबालिका, महिला, कृषक तथा अन्य ब्यक्तीहरुलाई सीप मुलक तालीम प्रदान गरिने, सहिद ,ब्यपत्ता ,असाहाय तथा विपन्न परिवारलाई राहातको ब्यबस्थापन गर्ने,वडाको स्वास्थ्य चौकीको स्तरबृद्धि तथा ब्यबस्थित गर्दै दम, सुगर, प्रेसर, क्षयरोग लगायतका रोगहरुको निःशुल्क चेकजाँच तथा अन्य रोगको औषधीसमेत उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयमा अध्ययन गरेका वडा भित्रका छात्रछात्राहरुलाई क्रमशः निःशुल्क प्राबिधिक शिक्षा प्रदान गरिने, नमूना कृषि क्षेत्र निर्माण गरि उचित भण्डारणको ब्यबस्थापन गर्ने, पशुपंक्षी तथा बालिनालीमा देखिने रोगको पहिचान तथा उपचारकालागि कृषकहरुलाई निःशुल्क विशेषज्ञको व्यबस्था मिलाउने घोषणा गर्नुभएको छ।

कृषिकलाई मल, विउ तथा कृषि अनुदानलाई सुलभ र सहज तरिकाले उपलब्ध गराउने, गर्भवति, सुत्केरी महिला, नबजात शिशुहरु तथा अशक्त बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्नुकासाथै उनीहरुको औषधी उपचार र पौष्टिक आहारको पनि ब्यबस्था गर्ने, बेरोजगार युवायुवतिहरुलाई उनीहरुको क्षमता बृद्धि गरि तालिम प्रदान गरिने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

वडामा रहेको सरस्वती माबिलाई  बहुप्राबिधिक शिक्षालयको रूपमा स्तरबृद्धि गर्ने,वडामा रहेका विपन्न, गरीब, दलित, शहीद, अपाङ्ग, असक्त परिवारका बालबालिकाहरुको लागि निःशुल्क शिक्षा दिने तथा रोजगारको व्यबस्था गर्ने प्रतिबद्धतामा  उल्लेख छ ।

त्यस्तै वडाको मुख्य बाटोका रुपमा रहेको खरिबोट देखि दोभान बजारसम्म जोड्ने बाटो तथा दोभान बजार हुँदै खौला जोड्ने बाटोको स्तरबृद्धि गर्ने तथा कालोपत्रे गर्ने, दोभान बजार देखी बग्र हुदै डलसिगे बाटोको स्तरवृद्धि गर्ने, वडा भित्रको खोलाले कटान गरेको भागलाई तारजाली गर्ने, पुरानो एतिहासिक तथा धार्मिक स्थल लाई स्तरोन्नती तथा ब्यबस्थित गर्ने, वडा भित्रका जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, विद्युत सेवाग्राही तथा अन्य सेवाग्राहीको सेवा वडाबाटै प्रदान गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार, ,  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्