हामी परिक्षण प्रसारणमा छौ



जेठ ३, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेकपा माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शेर बहादुर वलीलाई पछि पार्दै  नेपाली कांग्रेसका उम्मेदवार  जागेन्द्र वली शिव सहित पुरै प्यानल विजयी भएका छन । वली ले कुल ७०८ मत ल्याइ विजयी भएका हुन ।

साथै उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर वलीले  ५३६ मत ल्याएका छन । साथै नेकपा एमालेका उम्मेदवार प्रेम चन्दले १९१ मत प्राप्त गरेका छन ।

यश वडामा जम्मा कुल मत १६१४ मत खसेको थियो । यस्तै बागचौर नगरपालिका हालसम्म ५ वटा वडाको मतगणना भैसकेको छ । जसमा यसअघि दुई वटा ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले विजय प्राप्त गरेको छ ।

बागचौरमा आझै ६ वटा वडा मतगणना गर्न बाँकी छ। अब लगत्तै ९ नम्बर वडा को मतगणना गर्ने तयारी भैरहेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार, ,  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्