हामी परिक्षण प्रसारणमा छौ

कोरोना रोकथाममा बागचौर नगरपालिकाको खर्च कति ?

कोरोना कोषमा अझै १ करोड ३३ लाख भन्दा बढी बचत



बागचौर । बागचौर नगरपालिकाले कोरोना भाइरस (कोभिड‐१९) रोकथामका लागि हालसम्म गरेको खर्च बिबरण शनिबार सार्बजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले शनिबार बागचौरमा पत्रकार सम्मेलन गरी २०७६ चैत्र देखि हालसम्म कोरोना रोकथामका लागि झण्डै १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ नगरले खर्च गरेको जानकारी दिएका हुन् ।

कुन शिर्षकमा कति खर्च ?

क्वारेन्टाइनमा बसेकाहरुलाई खाना तथा आवासमा २६ लाख २० हजार ६ सय
‐स्वास्थ्यकर्मी तथा सवारी चालकलाई प्रोत्सान भत्तामा २३ लाख ३ हजार ९ सय ६६
‐ स्वास्थ्य सामाग्री खरिदमा २२ लाख २ हजार ४ सय ६७
‐ राहत वितरणमा २१ लाख ५८ हजार ९३
‐ स्वंयसेवकहरु परिचालनमा रु.१८ लाख ५४ हजार
‐ स्वंयमसेवकको खाजामा ८ लाख २४
‐क्वारेन्टाइन निर्माणमा २ लाख ५९ हजार ६ सय ४५
‐ क्वारेन्टाइन व्यवस्थापनमा १ लाख ४७ हजार ९ सय ६५
‐नागरिक उद्धारमा १ लाख ९१ हजार ७ सय ५०
‐ अन्य विभिन्न काममा २ लाख ५ हजार ६ सय ६८

कोरोना कोषमा रकम कति छ ?

बागचौर नगरपालिकाको कोरोना कोषमा नगरपालिकाको रकमान्तर, संघीय तथा प्रदेश सरकारको सहयोग र विभिन्न तहका व्यक्तीहरुले गरेको सहयोगबाट २ करोड ६१ लख ३५ हजार १ सय ३५ रुपैँया जम्मा भएको नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले जनाए ।

जसमध्ये १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ हालसम्म खर्च भएको छ भने १ करोड ३३ लाख ६६ हजार ९ सय ८१ रुपैयाँ खर्च हुन बाँकी नै रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार, ,  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्