हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आइतबार हुन गइरहेको सल्यान जिससको निर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई मतदान गर्ने निर्णय गर्दै गठबन्धनमा आबद्ध तिन दलले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्लाका प्रमुख नेताहरूले संयुक्त आइतबार एक प्रेस बिज्ञप्तिमा हस्ताक्षर गरेर जिसस प्रमुखमा नेपाली कांग्रेसका बेलाराम रावल र उपप्रमुख मा नेकपा माओवादी केन्द्रका असबिर बुढाथोकी सहित अन्य सदस्यलाई मतदान गरि आफ्ना उम्मेदवार बिजय बनाउने स्पष्ट पारेका छन् ।

यस्तै एकीकृत समाजवादीको तर्फबाट प्रमुख पदका उम्मेदवार लोकबहादुर डाँगीले समेत आइतबार बिहान एक प्रेस बिज्ञप्ति जारी गरेर गठबन्धनका आधिकारिक उम्मेदवारलाई मत दिएर बिजयी बनाउन अपिल गर्नुभएको छ ।

हेर्नुहोस् लोक बहादुर डाँगीले जारी गर्नुभएको प्रेस बिज्ञप्ति

सल्यान जिल्लाबासी सम्पुर्ण आदरणीय बुबा आमा दाजुभाइ तथा दिदिबहिनिहरु सर्बप्रथम याहाहरु सबैमा हार्दिक अभिबादन,नमस्कार अनि मीठो सम्झना छ!
२०७९ साल बैसाख ३० गते सम्पन्न स्थानियतह निर्बाचन बाट बागचौर नगरपालिका वडा नम्बर ९ को वडासद्स्य पदमा निर्बाचित भएको कुरा याहाहरु सबैमा जानकारिनै छ!
उक्त निर्बाचनका लागि २०७९ साल बैसाख ११ गते मनोनएनपत्र दर्ता गराइ प्रचारप्रसारका क्रममा मतदाता सामु गइ मत माग्दा हजुरहरुले मलाइ वडासद्स्यमा निर्बाचित गराउनुभयो भने म जिल्ला संमन्वय समितिको प्रमुख हुनेछु भनी बाचा गरेको थिय ! मेरो बाचा बमोजिम हजुरहरुले दिएको मतबाट मैले चुनाब जितिसकेपछी मैले गरेको बाचा पूरा गर्न जिल्ला संमन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिनु मेरो कर्तब्य हुन्थ्यो र गरियोपनी!
तर बर्तमान अबस्थामा मुलुक पाच राजनैतिक दलहरुको गठबन्धन बाट अगाडि बढिरहेको सन्दर्भमा म आफू गठबन्धन दलहरुको साझा उम्मेद्वार बन्न नसकेको र हाम्रो पार्टी नेकपा( एकीकृत समाजबादी) गठबन्धनमा आबद्द दल भयको साथै म आफुपनी उकत पार्टिको जिम्मेवार कार्यक्रता हुनुको नाताले मेरो उम्मेवारी फिर्ता लिएको छु!
साथै सल्यानमा कृयासिल गठबन्धनमा आबद्द नेपाली काङ्ग्रेस,नेकपा ( माओबादी केन्द्र) र नेकपा ( एकीकृत समाजबादी) पार्टिका साझा उम्मेद्वारहरुलाइ समर्थन गर्दै सोहिबमोजिम मतदान गर्नुहुन सम्पुर्ण मतदाताहरुलाइ हार्दिक अनुरोध गर्दछु!

लोक बहादुर डांगी
केन्द्रीय सद्स्य तथा सल्यान जिल्ला सह इन्चार्ज
नेकपा( एकीकृत समाजबादी)

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार, ,  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्