सल्यान । बागचौर नगरपालिका वडा नम्बर-४ मा विद्युत बिस्तारको काम तिब्र रुपमा अघि बढेको वडा अध्यक्ष कृष्ण बहादुर बस्नेतले जनाउनु भएको छ। उहाँका अनुसार संघिय सांसद टेक बहादुर बस्नेतको विशेष पहलमा आज वडाको सिमाखोली र लौराबाङको खोरबारेमा विद्युत ट्रान्सर्फमर जडान कार्य सम्पन्न भएको छ ।

बागचौर नगरपालिका वडा नम्बर -४,का केही स्थानमा अझै तार र पोल अझै अपुग छ । त्यहाँको लागी समेत पहल गरिएकोले अब वडाका सबै ठाँउमा छिटोभन्दा छिटो विद्युतको काम पूरा हुने वडा अध्यक्ष बस्नेतको दाबी छ। वडा अध्यक्ष बस्नेत ले भन्नुभयो,’यहाँका सम्पुर्ण समस्यालाई मैले डायरीमा टिपोट गरेको छु,क्रमश सबै समस्यालाई समाधान गर्नेछु।’

Error generating audio.

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार, ,  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्