हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्ला क्रिकेट संघ सल्यानको प्रथम अधिवेशन सल्यान सदरमुकाम खलंगामा शनिबार सम्पन्न भएको छ ।

क्रिकेट संघ सल्यानको प्रथम अधिवेशनको उद्घाटन गर्दे जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले खेल क्षेत्रका माध्यमवाट सल्यान र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । विष्टले भने,‘नेपालको गर्वगर्न लायक क्षेत्र खेल क्षेत्र हो, त्यसमध्ये क्रिकेटले अझ बढी नेपालको शिर उचो वनाएको परिवेशमा खेल क्षेत्र राष्ट्रको महत्वपूर्ण लगानीको क्षेत्र भएको छ ।’ संघ, प्रदेश र स्थानीयतहले यस तर्फ पनि लगानी वढाईरहेको विष्टले बताए ।

अधिवेशनमा क्रिकेट संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका संयोजक पदम खड्काले क्रिकेट खेलक्षेत्रलाई विकास गर्नकालागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको वताए । उनले भने,‘क्रिकेटको संस्थागत विकास सुदृढ वनाएर अब अगाडी वढ्ने छ ।’

उक्त कार्यक्रमममा क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
क्रिकेट संघ सल्यान प्रथम अधिवेशन आयोजक समितिका संयोजक सविन हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण सदस्य वुद्धि प्रकाश हमालले गरेका थिए ।

क्रिकेट संघ सल्यानको अध्यक्षमा  : सविन हमाल

यसैविच आजै सम्पन्न जिल्ला क्रिकेट संघ सल्यानको प्रथम जिल्ला अधिवशेनबाट सविन हमालको अध्यक्षता ९ सदस्यीय जिल्ला क्रिकेट संघ गठन गरिएको छ ।
जसको उपाध्यक्ष विकास शर्मा, सचिव असिम साप विष्ट, सहसचिव सन्तोष खत्री र कोषाध्यक्ष विवेकवावु श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा अविषेक हमाल,जीवन भण्डारी ,निराजन श्रेष्ठ र वुलन्द वावु सेजवाल चयन भएका छन् ।
अधिवेशनले सचेत शाह र कल्याण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको क्रिकेट संघ सल्यानका नवनिर्वाचित अध्यक्ष सविन हमालले सल्यानन्युजलाई बताए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार, ,  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्