हामी परिक्षण प्रसारणमा छौ



१३ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा आज माओवादी केन्द्रबाट निर्बाचित थप दुई जना सांसदहरूले मन्त्रीको सपथ लिएसंगै माओवादी केन्द्रका सबै सांसद मन्त्री हुनु भएको छ।

मुख्यमन्त्री जीवनबहादुर शाहिले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र रातो कामीलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीमा आजै नियुक्त गर्नुभएको थियो। आज दिउँसो नेकपा (माओवादी केन्द्र) का सांसद कृष्णा शाह र रातो कामीले प्रदेश प्रमुख तिलक परियार समक्ष सपथ लिनुभएको थियो।

२०७४ मा कर्णाली प्रदेश सभामा माओवादीका १३ सांसद निर्वाचित भएका थिए। नौ जना प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने चार जना समानुपातिकतर्फ चुनिएका थिए। १३ सांसदमध्ये पुष्पा घर्ती बिष्ट कर्णालीकी उपसभामुख हुनुहुन्छ।

बाँकी १२ सांसदमध्ये दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट पार्टीभित्र एकलौटी भएको भन्दै गत चैतमा एमालेमा प्रवेश गर्नुभएको थियो। माओवादी केन्द्रका १० जना प्रदेश सांसदमध्ये महेन्द्रबहादुर शाही साढे तीन वर्ष कर्णालीको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी पुरा गरिसक्नुभएको छ।

यस्तै,पार्टीको प्रदेश कमिटी अध्यक्ष समेत रहनुभएकी रुकुम पश्चिमकी विमला केसी प्रदेश सकारको पहिलो कार्यकालमा कृषि मन्त्री, जुम्लाका नरेश भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पुरा गर्नुभएको थियो।

यस्तै, रूकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतका विन्दमान बिष्ट अर्थमन्त्री बन्नुभएको थियो । जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री, सुर्खेतकी सीता नेपाली आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसक्नुभएको छ।

यसअघि साउन २९ गते डोल्पाका बीरबहादुर शाहीलाई माओवादीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएको थियो।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार, ,  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्