हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको पश्चिमी क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर‐१,खहरेखोलामा रहेको कृष्ण प्राथामिक विद्यालयको नवनिर्मित भवनको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन् ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६ तथा ०७७ मा विनियोजन गरिएको २० लाख रकम बाट उक्त भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर शाहुले सल्यानन्युजलाई जानकारी दिए । भवन उद्घाटन गर्दै मन्त्री ज्वालाले मातृभुमिलाई कहिल्यै भुल्न नहुने र नसकिने बताए । उनले वाल्यकालमा अध्ययन गर्दा निकै दुख पाएको स्मरण गर्दै आफ्नो पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा र दोस्रोमा सडक भएको बताए ।

उक्त कार्यक्रममा बोल्दै बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले भवनको प्रर्याप्ततासँगै गुणस्तरीय शिक्षामा जोडदिनु पर्ने बताए । वडा अध्यक्ष शान्त कुमार यरीले मन्त्री ज्वालासँग सडकस्तर वृद्धि र विजुली वत्ति जतिसक्दो चाडै पुर्याउने तर्फ पहल गरिदिन आग्रह गरेका थिए । यसअघि विद्यालयमा अध्ययन गर्ने वालवालिकाका लागी प्रयाप्त कक्षा कोठा नहुँदा एउटै कक्षामा २ वटा कक्षासम्मका बिद्यार्थीहरु राखेर सञ्चालन गर्ने गरिएकोमा अब त्यो समस्या हट्ने विद्यालयका प्रद्यानाध्यापक हिरालाल साहुले बताए ।

नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, नेकपा कर्णाली प्रदेश परिषद सल्लाहकार समिति सदस्य गणेश विसी, वडा सदस्य मोहन विसी, इन्जिनियर महेश देवकोटा आगामी दिनमा विद्यालयले भौतिक पूर्वाधारको कठिनताबाट केहि सहजतातर्फ जाने भएकोले अब गुणस्तरीय शिक्षातर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार, ,  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्