१५ भदौ,सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तिजमा नाच हेर्न गएका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामेखोला पटानटोलमा तीजको नाच हेर्न गएका दुई समुह बीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो।

हाल घटनाको थप अनुसन्धान भैरहेको र घटनामा संलग्नको पहिचान र खोजी जारी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

Error generating audio.

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार, ,  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्