हामी परिक्षण प्रसारणमा छौ



१६ भदौ,तुलसीपुर । दाङ तुलसीपुरमा फुलपाति सेलाउने क्रममा गौरीगाउँ कुलोले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका-६,सुकौरारोड गोलौरा बस्ने ४७ बर्षिया सिता भण्डारी रहेको वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो । बिहीवार साँझ साढे ६ बजे घर नजिकै भएर बग्ने गौरीगाउँ कुलोमा फुलपाति सेलाउन गएकी भण्डारीलाई कुलाले बगाएर झन्डै १ किलोमिटर तल बगाएको मृतकका आफन्तले जानकारी दिनुभयो ।

मृतक भण्डारीको शवलाई अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले सल्यानन्युजलाई जानकारी दिनुभयो।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार, ,  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्