हामी परिक्षण प्रसारणमा छौ


 

४ पुस २०७७, शनिबार, ,  

0
Shares

काठमाडौँ –  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डभ वाटमोरलाई नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

 

श्रीलंकालाई सन् १९९६ को आईसीसी विश्वकप उपाधि दिलाएका वाटमोर अन्तर्राष्ट्रिय क्रिकेट म्यानेजरको रुपमा चर्चित व्यक्ति हुन् । उनले श्रीलंका, बंगलादेश, पाकिस्तान र जिम्बाबेको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । हाल उनी सिंगापुरको मुख्य प्रशिक्षक रहेका छन् । नेपालमा क्षमतावान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविष्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् ।

 

प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्नु भएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार, ,  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्