हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

लोकप्रिय लोकदोहरी गायिका विष्णु माझी नेपालकी सर्वाधिक महंगो पारिश्रमिक लिने गायिकामा रुपमा रहेकी छिन् ।
केही महिना अघिसम्म १ लाख पारिश्रमिकमा काम गर्दै आएकी गायिका बिष्णु माझीले केही दिनअघि ‘मायालु तिमी मुटुमा छौं’बोलको गीतका लागि २ लाख पारिश्रमिक लिएको यस गीतका गायक राजन गुरुङले जनाए ।

बिष्णु माझीले गाएको ‘उही खोलीमा पानी’ बोलको गीतले लोक तथा दोहोरी गीतको इतिहासमै पहिलो पटक युट्युवमा एक करोड भ्युज पाउन सफल भएको थियो ।  यसैगरी विष्णु माझीकै स्वरमा रहेको ‘सालको पात टपरी हुनी’ गीतले युट्युवमा भ्युज ६ करोड माथि क्रस गरेर नेपाली लोकदोहरी क्षेत्रमै सर्बाधिक लोकप्रिय गीत बन्न सफल भएको छ ।

पछिल्लोसमय विष्णु माझीले स्वर दिएका धेरैजसो लोकदोहरी गीत युट्युवमा सफल भएकै कारण मंहगो पारिश्रमिक दिन सर्जकहरु तयार भएको गायक राजन गुरुङले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २२ बजे

प्रतिक्रिया दिनुहोस्