दाङ । तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
(हिजो) बिहीबार बेलुका अन्दाजी ५ बजे तुलसीपुर-११ क्वाङीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुर ११ बाघखोली निवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीका अनुसार सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।