हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

फेसबुकका पारखीले म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको आभाष पक्कै छ । किनकी फेसबुकले आफ्नो यस अघिको निलो र सेतो कलरमा रहेको लोगोमा केही थप नयाँ कलर थपेको छ ।

 

भविष्यको म्यासेजिङको प्रतिबिम्बको रुपमा कम्पनीले नयाँ लोगो ल्याएको फेसबुकले जनाएको छ ।
फेसबुकले पछिल्लो समय भिडियो कन्फ्रेन्सका लागि रुम, इन्स्टाग्रामसँगको इन्टिग्रेसन लगायत अन्य थुप्रै केही नौला फिचर फेसबुक म्यासेञ्जरमा थपेको छ । नयाँ लोगोसँगै कम्पनीले प्रयोगकर्ताको च्याटलाई थप रंगमय बनाउन सकिने गरी च्याट थिम पनि रोलआउट गर्नुका साथै थप फिचर समेत छिटो ल्याउने जनाएको छ ।

अब फेससबुक म्यासेन्जरमा सेल्फी स्टिकर र भेनिस मोड समेत रहन र यसले प्रयोगकर्तालाई आफुले गरेका म्यासेज तोकिएको समयपछि म्यासेज स्वतः आफै हटेर जाने सुविधा समेत थपेको जनाएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २४ बजे

प्रतिक्रिया दिनुहोस्