हामी परिक्षण प्रसारणमा छौ

केपी ओलीको असंवैधानिक कदमका विरुद्ध युवाशक्ति सडकमा : ज्वाला

संविधानका धारामा प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ छैन : बस्नेत



सल्यान । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले देशलाई समृद्धि तर्फ लग्ने जिम्मेवारी अब युवाको काँधमा आएको बताएका छन् ।

ज्वालाले युवाहरुनै उदाउँदो सूर्य भएकाले देश निमार्णको जिम्मेवारी पनि उनीहरुकै हुने बताए । मंगलबार सल्यानको श्रीनगरमा आयोजित राष्टी«य युवा संघ र अनेरास्ववियू सल्यानको संयुक्त जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्वालाले ओली सरकारले संविधानको मर्म र भावना विपतिर अध्याधेस र संसद विघट्न गरेको बताउँदै त्यसका विरुद्ध युवाशक्ति सडकमा आउन बाध्य भएको बताए ।

ओलीले सडकबाट म्यादी प्रहरी भर्ना गरे जसरी केन्द्रीय समिति विस्तार गरेको बताउँदै ज्वालाले पदको पछि लाग्नेहरु मात्र उनको पछि लाग्ने दावी गर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले संविधानका कुनै पनि धारामा प्रधानमन्त्रीले संसद विघट्न गर्ने अधिकार नदिएको बताए । बस्नेतले नेपाली जनताको लामो त्याग,तपस्या र बलिदानबाट निमार्ण भएको संविधानलाई समेत ओलीले कुल्चेको बताए । सरकार र पार्टी आफु अनुकुल नभए विघट्न गर्ने ओलीले भोली नेपाललाई नै विघटन तर्फ नलग्लान भन्न नसकिने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय केन्द्रीय परिषद् सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, प्रदेश कमिटी सदस्य हरी केसी, युवा नेताहरु रमेश कुमार गौतम, तिलकराज भण्डारी, गणेश शाही, रमेश मल्ल,शिक्षक नेता रत्नबहादुर ओली लगायत अन्य नेताले ओलीका पछिल्ला कदम बिरुद्ध डटेर संघर्ष गर्न तयार रहन युवा विद्यार्थी तयार हुनपर्ने बताएका थिए । युवा संघका जिल्ला संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक न्यूटन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन अनेरास्ववियुका जिल्ला संयोजक चेतन गिरीले गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार, ,  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्