हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

काठमाडौं । होण्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपाली बजारमा होण्डा ‘सीबीआर ६०० आरआर’ मोटरसाइकल भित्राएको छ ।

स्याकार कम्पनीले जनाएअनुसार ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सीबीआर ६०० आरआरमा ५९९ सीसीको इञ्जिन क्षमता छ । ६६ एनएम टर्क र १२० हर्सपावर जडित यस बाइकमा ६ स्पिड गियरबक्स रहनुका साथै टप स्पिड २५० किमि प्रतिघण्टा रहेको समेत कम्पनीको दाबी छ ।

अरुभन्दा भिन्न पहिचान बोकेका फिचरहरु यस बाइकमा रहेकोहुँदा नेपाली युवापुस्तामाझ चाँडै लोकप्रिय हुने कम्पनीले जनाएको छ । नयाँ मोडेलको यस बाइकको मूल्य स्याकार कम्पनीले ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २३ बजे

प्रतिक्रिया दिनुहोस्