हामी परिक्षण प्रसारणमा छौ

पत्रकार महासंघ सल्यानको साधारण सभा माघ १० मा

पत्रकारिता पुरस्कारका लागी समिति गठन



सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारण सभा माघ १० गते हुने भएको छ । पत्रकार महासंघ सल्यानको बुधबार बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तोकेको हो ।

साधारण सभामा सांगठनिक, आर्थिक लगायतका विभिन्न प्रतिवदेन पेश हुने महासंघ अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिए । शर्माका अनुसार मंसिरमा हुनु पर्ने साधारण सभा विश्वभर फैलिएको कोभिड १९ का कारण केही समय पछि धकेलिएको हो ।

कार्यसमिति बैठकले पत्रकारिता पुरस्कारका लागी तिन सदस्सीय पुरस्कार छनौट समिति समेत गठन गरेको छ । महासंघको साधारण सभामा पुरस्कार प्रदान गर्ने गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही संयोजक रहेको उक्त छनौट समितिको सदस्यमा महासंघका सल्लाहकार सनत शर्मा र अध्यक्ष प्रतीक इच्छुक शर्मा सदस्य रहेको महासंघ सल्यानले जनाएको छ ।

पत्रकार महासंघ सल्यानमा ५० हजार राशीको अजिता स्मृति पत्रकारिता पुरस्कार, १० हजार राशीको शालिकराम शर्मा स्मृति पत्रकारिता पुरस्कार र ५० हजार ५१ रुपैयाँ राशीको संस्थापक पत्रकारिता पुरस्कार रहेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार, ,  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्