दाङ । दाङ विद्युतिय ब्यवसायि संघको बैठकले दोस्रो अधिबेशन फागुनमा गर्ने निर्णय गरेको छ।

शनिबार घोराहीमा बसेको संघको नियमित बैठकले संस्थाको तेस्रो साधारणसभा,दोसे जिल्ला अधिबेशन आउँदो फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ। संघका जिल्ला अध्यक्ष डुल्लु राम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले संघको अर्को बैठकले अधिबेशनको मिति तोक्ने निर्णय गरेको सस्थाका महासचिव जिवन कुमार लम्सालले बताउनु भयो ।

बैठकमा संघका बरिस्ठ उपाध्यक्ष तिलक पौडेल,आर्थिक समिति संयोजक बिष्णु बहादुर ढकाल,कानुनी सल्लाहकार लेखनाथ काफ्ले,तुलसीपुर उपसमिति संयोजक चन्दन वली लगायतको उपस्थिति रहेको थियो ।

Error generating audio.

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार, ,  ३ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्