हामी परिक्षण प्रसारणमा छौ

दार्मामा जग्गा दान गर्ने दातालाई वडापालिकाको सम्मान

वडा भवन निर्माणको लागि निशुल्क ३ रोपनी जग्गा दान



७ फागुुुन । सल्यान – दार्मा गाउँपालिका वडा नम्बर‐५,को भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गा दातालाई शुक्रबार वडा कार्यालयले सम्मान गरेको छ ।

५ नम्बर वडा कार्यालयले आज एक समारोहका बीच निशुल्क जग्गा दान गर्ने जग्गा दाता दार्मा गाउँपालिका वडा नं.‐५ भोपाल्न निवासी राम बहादुर हमाल र जीम कुमारी हमाललाई सम्मान गरेको हो । हमाल परिवारले वडा भवन निर्माणको लागि निशुल्क ३ रोपनी जग्गा दिनु भएको छ ।

कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले निस्वार्थ गाउँपालिकालाई सहयोग गरेका हमाल परिवारलाई पालिकाले सधैं सम्झिरहने बताए । पालिका अध्यक्ष केसीले यस्तै सहयोगले गर्दा आफुहरुको टिमलाई काम गर्ने जाँगर ल्याउने भन्दै सबैको सहयोगको खाँचो रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष दुर्गा बहादुर मल्ल लगायत अन्य जनप्रतिनिधिहरु,नेकपाका जिल्ला नेता अनन्त शर्मा, दल बहादुर केसी, शेर बहादुर केसी, नेपाली कांग्रेसका कूल बहादुर चन्द तथा जिल्ला पशु सेवा अस्पतालका डा.कपिल प्रसाद उपाध्याय, शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै सबैले आफ्नो ठाउँबाट सकेजति सहयोग गरे स्थानिय सरकार थप जनप्रिय हुने भन्दै सबैले सकेजति सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार, ,  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्