दाङ । नव बर्ष २०८१ को अवसरमा ‘सल्यान-दाङ सेवा समाज’को आयोजनामा शुभकामना आदानप्रदान तथा भित्ये पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

‘सल्यान-दाङ सेवा समाज’ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले ‘सल्यान-दाङ सेवा समाज’को दाङमा छुट्टै महत्त्व रहेको बताउनु भएको छ । नगरप्रमुख खड्काले सेवा समाजले दाङमा रहनुभएका सम्पुर्ण सल्यानीलाई भावनात्मक रुपमा एकजुट बनाउनेतर्फ जोड दिन आग्रह गर्दै त्यसले सल्यानको मौलिक रितिरिवाज,धार्मिक,साँस्कृतिक कलालाई जगेर्ना गर्न टेवा पुग्ने बताउनु भयो ।

यसैगरी कार्यक्रमका अतिथि एवं तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले सल्यान-दाङ सेवा समाज सामाजिक काम गर्ने थलो बन्नुपर्ने बताउनु भयो । हरेक सल्यानीले आफ्नो जन्मभुमि नभुल्न आग्रह गर्दै दाङमा रहेका पछिल्लो पुस्तालाई सल्यानबारे जानकारी दिने थलोको रुपमा यस समाजले भुमिका खेल्ने कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

सल्यान-दाङ सेवा समाजका अध्यक्ष  रुपबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती,घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसी,सल्यान-दाङ सेवा समाजका संस्थापक अध्यक्ष कर्णबहादुर वली,समाजसेवि हरिभक्त भण्डारी,शैक्षिक ब्यक्तित्व रत्नबहादुर ओली,सल्लाहकारहरु मिन राज वली,डिल बहादुर वली,क्यालेण्डर प्रकाशन समितिका संयोजक बल बहादुर वली लगायतको उपस्तिथि रहेको कार्यक्रममा जन्मथलो सल्यान भएपनि हाल दाङका विभिन्न स्थानमा रहि विभिन्न पेशामा आबद्ध ब्यक्तित्वको सहभागिता रहेको थियो ।

सल्यान-दाङ सेवा समाजका सचिव तिलक राज वलीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष भुपेन्द्र प्रकाश के.सीले गर्नुभएको थियो । 

Error generating audio.

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार, ,  ६ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्