हामी परिक्षण प्रसारणमा छौ

सरस्वती माविलाई नगरकै नमुना बनाउन खोजेका छौँ : बुढाथोकी

विव्यसको अध्यक्षमा कृतिबहादुर पुन सर्बसम्मत



बागचौर । बागचौर नगरपालिकाको पेदिखोलामा रहेको सरस्वति माविलाई नगरकै नमुना विद्यालय बनाउन खोजेको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

बागचौर नगरपालिका वडा नम्बर‐४, मा रहेको सरस्वती माविको शोमबार अभिभावक भेलालाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले सरस्वती माविलाई नगरले नमुना विद्यालय बनाउन पहल गरिरहेको जानकारी दिनुभयो । लामो समयदेखि अबरोध हुदै गरेको विव्यसको गठन प्रक्रिया सर्बसम्मत हुनु आफ्ना लागि खुशिको विषय भएको भन्दै नगरप्रमुख बुढाथोकीले प्रदेश तथा अन्य निकायबाट विद्यालयका लागि भन्दै आएका बजेट सम्बन्धिका काम अब सहज ढंगले अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख कल्पना पुनले अहिले विद्यालय व्यवस्थापन समितिमा सबै यस क्षेत्रमा लागिपर्ने र केही गरौं भन्ने खालको टिम भएकोले अब विद्यालयले सबै क्षेत्रमा थप उत्साहका साथ काम गर्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई नगरप्रमुख लोकमान बुढाथोकीले सोलार तथा अन्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन सर्बसम्मत

सरस्वती मावि पेदिखोलाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कृतिबहादुर पुुन (प्रकाण्ड) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

लामो समयदेखि विव्यस गठन हुन नसकेको सरस्वति मावि पेदिखोलामा शोमबार अभिभावक भेला गरी विव्यस गठन गरिएको छ । आज सम्पन्न अभिभावक भेलाले सर्बसम्मत रुपमा कृतिबहादुर पुनको नेतृत्वमा समिति चयन गरेको बागचौर नगरपालिका वडा नम्बर‐४का वडा अध्यक्ष प्रेमबहादुर पुनले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा प्रेमबहादुर पुन पदेद सदस्य चयन हुनुभएको छ । त्यसैगरी अन्य सदस्यहरुमा प्रेम प्रकाश ओली,तुले घर्ती,प्रतिभा बुढाथोकी घर्ती,झरणा चन्द र खिमा बस्नेत ओली सर्बसम्मत चयन हुनुभएको छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार, ,  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्