जिल्लाको बागचौर नगरपालिका वडा नं ४ मा दुई दिने शिक्षण सिकाई अभिमूखीकरण कार्यशाला गोष्टी सम्पन्न भएको छ । विद्यालयमा बालबालिकालाई शिक्षण सिकाइ सहजीकरण मा फरकपन ल्याउन तथा बालबालिका मैत्री सिकाइ कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई गोष्टी सञ्चालन भएको थियो । साथै निरन्तर मूल्यांकन प्रणाली अनुसार बालबालिकाको मूल्यांकन गर्नु पर्ने कुरामा जोड दिईएको थियो ।
यस वडामा पहिलो पल्ट भएको कार्यशाला गोष्टीमा आगामी आर्थिक वर्षहरुमा तालिम तथा यस्ता खालका गोष्ठीहरुको समयावधि बढाई शिक्षण सहजीकरण क्रियाकलापमा सहयोग गर्न सहभागीले वडा सरकार संग माग समेत गर्नुभएको थियो ।
उक्त वडाका ५ वटा विद्यालय का शिक्षक शिक्षिका हरु सहभागी गोष्ठीमा पुरुषोत्तम गिरी, नरेश कुमार केसी,रविकिरण ओली, रामरोशनी बस्नेत र महेन्द्र केसी ले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी शिक्षक हरुले तालिम प्राप्त पछि आफुहरु उत्साहित भएको र प्राप्त ज्ञानलाई कक्षाकोठामा सहज रुपमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
११ र १२ गते सञ्चालन भएको गोष्ठी सरस्वती मा.वि.को सभाहलमा भएको हो भने आयोजना ४ नं वडा कार्यालयले गरेको हो ।