हामी परिक्षण प्रसारणमा छौ



१८ असार, सल्यान

गत राति परेको अत्यधिक वर्षाका कारण सल्यानमा एक घर भत्किएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ५ खत्रीगाउँमा गए राति नैने खत्रीको घर भत्किएको हो । मानवीय तथा अन्य क्षति भने नभएको बताईएको छ । घरमा खत्री र उनकी एक नातिनी रहेका थिए ।

राति सुतिरहेको अवस्थामा ढुँङ्गा खसेको जस्तो आवाज आए पछि उनिहरु भागेर बाँच्न सफल भएका थिए । घर भत्किएको सुचना पाए पछि ईलाका प्रहरी कार्यालय सिमखोली बाट प्रहरी नायव निरिक्षक शेर बहादुर चन्द सहित ८ जना प्रहरीको टोली, वडा सदस्य रमेश शाह र स्थानीयहरु ले त्यहाँ पुरिएका लत्ताकपडा , जिन्सी र अन्य सामानहरु निकालेका थिए । घरको आधा भाग क्षतिग्रस्त भएको छ ।

घर भत्किएपछि खत्री परिवारको विचल्ली भएको छ । उनिहरु अहिले छिमेकीको घरमा बसेका छन् । पिडितहरुलाई तत्काल राहत प्रदान गर्न वडा कार्यालय छलफल गरिरहेको र के-कसरी राहत प्रदान गर्ने भन्ने नटुँगिएको वडा सदस्य शाहले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार, ,  ३ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्